
ट्रमामा ज्यान गुमाउने ४ जनाको सनाखत, विभिन्न अस्पतालमा गरी १७ को मृत्यु
काठमाडौं – जेनजी पुस्ताका युवाहरूले सोमबार गरेको प्रदर्शनमा गोली लागेर घाइते भएका ७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रमामा उपचार गराइरहेका सात जनाको मृत्यु भएको जनाइएको छ ।
उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।
सुनसरी घर भएका करिब २९ वर्षीय पुरुषको सनाखत भएको छैन । त्यस्तै दुई जना पुरुषको सनाखत हुन सकेको छैन । प्रहरी स्रोतका हालसम्म विभिन्न अस्पतालमा गरी १७ जनाको मृत्यु भइसकेको छ ।



कागजपत्र |
