
संसद भवनको मूलगेटमा पुगे जेन-जी
काठमाडाैं- माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवन पुगेकाे छ । प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको हाे। मूल गेटमाथि चढेर भित्र छिर्न खोजेपछि प्रहरीले १५ सेल अश्रुग्याँस प्रहर गरेको छ । त्यहाँ पुगेर उनीहरूले संसद भवन कब्जा गर्ने काेसिस गरेका थिए ।
अहिले प्रदर्शनकारी संसद भवनको मूलगेट पुगेका छन् । प्रहरीसँगको मुठभेडले यस क्षेत्रको तनावग्रस्त छ ।



कागजपत्र |
