देशैभर जेन–जी पुस्ताको प्रदर्शन


काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु गरेका छन् । जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् ।

उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन् ।

जेनजी पुस्ताले माइतीघरमा बिहान ९ बजेदेखि ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन् ।

यसैगरी देशका विभिन्न सहरमा पनि प्रदर्शन भइरहेका छन् ।

रुपन्देहीको बुटवल, पूर्वी नवलपुरको कावासोती बजारलगायतका स्थानमा जेन–जीहरुले प्रदर्शन गरिरहेका छन् । त्यसका साथै मोरङको विराटनगर, झापा, पोखरा, नेपालगञ्जलगायतका सहरमा पनि जेन–जीहरुको प्रदर्शन सुरु भइसकेको छ ।

प्रतिक्रिया