
त्रिविले माग्यो ३ सय उपप्राध्यापक, कुन विषयमा कति ? (विज्ञापनसहित)
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै ३०० उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ ।
त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो ।
सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जनालाई अवसर छ ।
त्यसपछि कानुन विषयमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षामा १० जना उपप्राध्यापक पदमा विज्ञापन खुलाइएको छ । अन्य विषयहरुमा भने माग संख्या दोहोरो अंकको छैन ।
त्रिवि सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।



कागजपत्र |
