लक्कीले गाए ‘फुल बुट्टे सारी’,


काठमाडौं – युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले गाएपछि एक पटक फेरि चर्चा भएको गीत ‘फुल बुट्टे सारी’ पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन् ।

सिद्धुले गायको गीत संसार ब्लग प्रोडक्सनको आधिकारीक युट्युब च्यानलबाट बाहिर आएको छ । कोरोनाको कहरका वीच सार्वजनिक यो गीत महिला, पुरुष, चाइल्ड र लेजेण्डरी भर्सन सिद्धुसम्म पुगेको हो ।

मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात निर्माण युनिटले बिभिन्न भर्सनको रुपमा बाँहिर ल्याउँन थालेको हो । यो गीतको रियल भर्सन गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजराज सिवाकोटीको रहेको थियो ।

प्रतिक्रिया