पहिरो जोखिम बढेपछि बीपी राजमार्गमा रातिको यात्रा निषेध


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ।

गत वर्ष असोजमा आएको बाढीले राजमार्गलाई क्षति पुर्‍याएको र भौगोलिक अवस्था कमजोर भएकाले अहिले पहिरोको जोखिम बढेको भन्दै सुरक्षाका कारण यो कदम उठाइएको हो।

जारी सूचनाअनुसार, भदौ १६ गतेदेखि भदौ मसान्तसम्म हरेक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म काभ्रेभन्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फको सडकखण्डमा सार्वजनिक तथा निजी सबै प्रकारका सवारी साधनलाई आवतजावत गर्न निषेध गरिएको छ।

539990036_1665775527619925_490674022622920205_n

प्रतिक्रिया