प्रधानमन्त्री ओली राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा आयोजना गरिएको शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनअन्तर्गतको स्वागत समारोहमा सहभागी भएका छन्।

चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको हो।

राष्ट्रपति सीको निमन्त्रणामा प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँचदिने चीन भ्रमणमा रहेका छन्। भ्रमणको पहिलो दिनै ओली र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भइसकेको छ।

आगामी सोमबार (भदौ १६ गते) सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया