
आशिका तामाङलाई ५ दिन कैद सजाय
काठमाडौं – भक्तपुर जिल्ला अदालतले आशिका तामाङ र शरण तिरूवालाई आपराधिक उपद्रवको मुद्दामा दोषी ठहर गर्दै पाँच/पाँच दिन कैद सजाय सुनाएको छ।
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले बिहीबार दिएको आदेशअनुसार दुवै जनालाई कैद सजायसँगै जरिवाना पनि तोकिएको हो। अदालतले उनीहरूलाई जनही ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ क्षतिपूर्ति तिर्ने र पीडित राहत कोषमा जनही २०० रुपैयाँ जम्मा गर्ने आदेश दिएको छ।
सूर्यविनायक नगरपालिका साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग २० रुपैयाँ कर उठाइरहेको बेलामा आशिकाले गएर त्यहाँ कार्यरत कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप थियो। यही आधारमा नगरपालिकाले आपराधिक उपद्रव कसुरमा प्रहरीमा जाहेरी दिएको थियो।
यसअघि जिल्ला अदालत भक्तपुरको आदेशअनुसार तामाङले २० हजार धरौटी बुझाएर छुटेकी थिइन्।



कागजपत्र |
