रास्वपाका केन्द्रीय सदस्य पाँडे पक्राउ


काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको हो ।

उनलाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले बताएका छन् । ती महिलाले पाँडेमाथि अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। हाल उनलाई भोटाहिटीस्थित ब्युरोमै हिरासतमा राखिएको छ।

‘अनलाइनमार्फत दुर्व्यवहार सम्बन्धी उजुरी आएको छ। सोधपुछका लागि उहाँलाई नियन्त्रणमा राखिएको हो। आज अदालत लैजान समय भएन, भोलि लैजाने र म्याद थप गर्ने प्रक्रिया अघि बढाउँछौं ,’ अवस्थीले जानकारी दिए।

प्रतिक्रिया