छुदेन काविमोको ‘उरमाल’लाई यस वर्षको मदन पुरस्कार


काठमाडौं – छुदेन काविमोको उपन्यास ‘उरमाल’ले २०८१ को मदन पुरस्कार पाएको छ ।

आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘उरमाल’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

सभाले पाँच दशकदेखि लोकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरीलाई ‘लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत’ वर्ष २०८१ सालको जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको छ ।

गुठीका अनुसार, मदन पुरस्कार, २०८१ का लागि २९९ पुस्तक प्राप्त भएका थिए ।

 

प्रतिक्रिया