
पाकिस्तानविरुद्ध बलिङमा नेपाल, सुरुवातमै नेपाललाई दुई सफलता
काठमाडौं – अष्ट्रेलियामा जारी टप इन्ट टी-२० सिरिज अन्तर्गत लिग चरणको आफ्नो अन्तिम म्याचमा नेपाल पाकिस्तान साहिन्सविरुद्ध पहिले बलिङमा उत्रिएको छ । पाकिस्तान साहिन्सले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो ।
नेपालले पहिले बलिङ गर्दै चार ओभरमै दुई सफलता हात पारिसकेको छ । नेपालका लागि दुवै विकेट दिपेन्द्र सिं ऐरीले लिएका छन् ।
आजको म्याचमा नेपालको कप्तानी नियमित कप्तान रोहित पौडेलले गरेका छन् ।
सेमिफाइनलमा स्थान बनाउनका लागि नेपालले आज पाकिस्तान साहिन्सलाई हराउनैपर्छ । गर वा मरको म्याच भएकाले नेपालले आज आफ्नो ‘बेस्ट ११’ उतारेको छ । यसअघिका म्याचहरूमा सबै खेलाडीलाई पालैपालो मौका दिएको नेपालले आज पहिलो रोजाईका खेलाडीहरुलाई उतारेको हो । पाकिस्तानले अहिले ५ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएर खेलिरहेको छ ।



कागजपत्र |
