भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गरिनेछ : प्रधानमन्त्री


काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेको जानकारी दिएका छन्।

ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत यो निर्यातबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी हुने बताएका हुन्।

‘हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया