धनुषामा गोली प्रहार गर्दै दुई लागुऔषध कारोबारी पक्राउ


काठमाडौं- प्रहरीले धनुषाको मिथिला नगरपालिका–२ मा गोली प्रहार गर्दै दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंबाट खटिएको प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेलको टोलीले बुधबार सञ्चालन गरेको अपरेसनमा एक राउण्ड हवाई फायर र अर्को राउण्ड लक्षित गोली प्रहार गरिएको ब्युरोका एक अधिकृतले जानकारी दिए।

गोली लागेर पप्पु साह घाइते भएका छन्। उनको दाहिने खुट्टाको घुँडामुनि चोट लागेको छ। पप्पुसँगै अर्की एक महिला पनि पक्राउ परेकी छन्।

दुवैजनाको साथबाट करिब २२५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। पप्पु यसअघि पनि लागुऔषध कारोबारको मुद्दामा दोषी ठहर भई आठ वर्ष जेल सजाय भुक्तान गरिसकेका छन्।

प्रतिक्रिया