
एमएफएन च्याम्पियन बनेका रवीन्द्रकाे काठमाडौंमा भव्य स्वागत
काठमाडौं- नेपाली मिक्स्ड मार्शल आर्ट (एमएमए) फाइटर रवीन्द्र ढाँट भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन–१७) मा बान्तमवेट च्याम्पियन बन्न सफल भएका छन्। शनिबार राति भएको खेलमा उनले साविक विजेता भारतीय फाइटर चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डको ५४औं सेकेन्डमै नकआउट गर्दै ऐतिहासिक जित हात पारेका थिए।
ढाँट सोमबार दिउँसो काठमाडौं फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न समर्थक, प्रशिक्षक र खेलकर्मीहरूको उल्लेख्य भीड जुटेको थियो। उनी फाइट जितेसँगै एमएफएनको बान्तमवेट श्रेणीको टाइटल बेल्ट बोकेर स्वदेश फर्किएका हुन्।
ढाँटको यो ऐतिहासिक जितले नेपाली एमएमएलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ। उनलाई यो सफलता भविष्यका प्रतिस्पर्धाका लागि थप हौसला र आत्मबल बनेर आएको विश्वास गरिएको छ। उनी अहिले नेपालका उदीयमान खेलाडीहरूका लागि प्रेरणाका स्रोत बनेका छन्।



कागजपत्र |
