घर फर्कियाे हायू परिवार


काठमाडाैं-  आफ्नो घरबार छाडेर गएका सिन्धुलीका हायू परिवार पोखराबाट विदा भएका छन्। आफ्नै थातथलो फर्कने निर्णयसहित उनीहरूलाई कास्की प्रहरीले सिन्धुली पठाएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी हरि बस्नेतका अनुसार हायू परिवारलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठको जिम्मा लगाएर विदा गरिएको हो।

पोखरा महानगरपालिका–३ स्थित गगनगौंडामा गोविन्दप्रसाद भण्डारीको घरमा बस्दै आएका उर्मिला हायूसहित १९ सदस्यीय परिवारलाई महानगर प्रमुख धनराज आचार्यले प्रहरीको साथमा बिदा गरेका हुन्।

यो परिवार केही समयअघि सिन्धुलीबाट सम्पर्कविहीन भएका थिए। उनीहरूले बाख्रा, भैँसीसहित सम्पूर्ण सामान त्यत्तिकै छाडेर घर छोडेका थिए।

उनीहरू पोखरामा फेला परेका थिए। हाल वडाध्यक्ष श्रेष्ठले हायू परिवारलाई घर फर्किएपछि अर्को सुरक्षित स्थानमा राख्ने बताएका छन्।

प्रतिक्रिया