
कक्षा १२ को नतिजा आज साँझ आउँदै
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।
प्राविधिक समस्या नआएमा आज साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले जनाएको छ ।
बोर्डले यस वर्ष वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएपछि परीक्षा गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो।
परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए।
जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।



कागजपत्र |
