
तोकिएको ठाउँमा नपुगेका २३ कर्मचारीलाई गृह मन्त्रालयको २४ घण्टे अल्टिमेटम
काठमाडौं- गृह मन्त्रालयले सरुवा तथा पदस्थापनपछि पनि तोकिएको कार्यस्थलमा अहिलेसम्म नपुगेका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ।
शुक्रबार मन्त्रालयले एक सूचना जारी गर्दै तोकिएको कार्यालयमा उपस्थित नभएका कर्मचारीहरूको नाम सार्वजनिक गर्दै उनीहरूलाई तुरुन्त हाजिर हुन आग्रह गरेको हो।
उक्त सूचीमा १८ जना शाखा अधिकृत र ५ जना नासु परेका छन्। मन्त्रालयले स्पष्ट शब्दमा भनेको छ कि सरुवा भइसकेको तर तोकिएको स्थानमा नगएका कर्मचारीहरूले अब ढिलासुस्ती नगरी तोकिएको कार्यालयमा २४ घण्टाभित्र अनिवार्य रूपमा हाजिर हुनुपर्नेछ।
मन्त्रालयका अनुसार यो निर्देशन अटेरी भए कानुनी प्रक्रिया अघि बढाइनेछ।




कागजपत्र |
