गाजामा मृत्यु हुनेकाे संख्या ६० हजार नाघ्यो, कुपोषणले अवस्था भयावह


गाजा – इजरायलको सैन्य आक्रमणबाट गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ६० हजार नाघेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो तथ्याङ्क अक्टोबर २०२३ देखि हालसम्मको हो।

यसैबीच, संयुक्त राष्ट्रसंघको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणको पछिल्लो प्रतिवेदनले गाजाको अवस्था “अनिकालभन्दा पनि खराब” रहेको उल्लेख गरेको छ।

प्रतिवेदन अनुसार, गत अप्रिलदेखि जुलाईसम्म मात्रै २० हजारभन्दा बढी बालबालिकालाई कुपोषणको उपचारका लागि अस्पताल भर्ना गरिएको छ। तीमध्ये ३ हजारभन्दा बढी बालबालिका गम्भीर कुपोषणको अवस्थामा छन्।

गाजा पट्टीका अधिकांश क्षेत्रमा खाद्य उपभोग अनिकालको सीमाभन्दा तल पुगेको छ भने गाजा सहरका साना बालबालिका कुपोषणबाट गम्भीर रूपले प्रभावित भएका छन्।

युद्ध सुरु भएदेखि कुपोषणकै कारण हालसम्म ८८ बालबालिकासहित १४७ जनाको मृत्यु भइसकेको बताइएको छ।

अल जजीराले जनाएअनुसार इजरायली सैन्य आक्रमण गाजामा अहिले पनि जारी छ, जसले मानवीय संकट झनै गहिरो बनाउँदै लगेको छ।

प्रतिक्रिया