
गुल्मीमा १० वर्षीय बालक घरमै मृत फेला
गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिका–४, कालापोखरामा एक १० वर्षीय बालक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
स्थानीय रामबहादुर सुनारका छोरा अनमोल सुनार मंगलबार बिहान १० बजेतिर घरको बंगालको काठको दलिनमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए।
बालकको आमाले झुण्डिएको देखेपछि तत्काल पासो काटेर खाटमा राखेकी थिइन्। तर, त्यसबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि स्थानीय देवेन्द्र भण्डारीले प्रहरी चौकी जैसिथोक बरबोटलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी सहायक निरीक्षक रामदेव सुनारको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो।
घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा थप प्रहरी टोली खटिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



कागजपत्र |
