२३ अंकले घट्यो नेप्से


काठमाडौं – दिनभरको उतारचढावपछि नेपाली सेयर बजार राताम्मे हुँदै आइतबार बन्द भएको छ। साताको कारोबारको पहिलो दिन बजार खुलेको केही समयमै नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको थियो।

नेप्से यसअघि गत वर्ष साउन ३१ गते ३०००.१ बिन्दुमा पुगेको थियो। त्यसयता पहिलोपटक आज सो बिन्दु पार गरेको हो। तर, त्यसपछि बजारमा घट्ने क्रम देखिँदा अन्त्यमा नेप्से परिसूचक २३.९३ अंकले घटेर २९५८.७१ बिन्दुमा थामिएको छ।

आजको कारोबारमा कुल २६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। कारोबारमा संलग्न कम्पनीमध्ये ६३ वटाको सेयर मूल्य वृद्धि भएको छ भने १८६ वटाको सेयर मूल्यमा गिरावट आएको छ।

आइतबारको कारोबारमा समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले भने आज धेरै घाटा व्यहोर्नु परेको छ।

प्रतिक्रिया