जीप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, चालक घाइते


ताप्लेजुङ – ताप्लेजुङमा आइतबार बोलेरो गाडी दुर्घटना हुँदा एक शिक्षिकाको ज्यान गएको छ।

दुर्घटनामा फुङलिङ–११ की २८ वर्षीया भावना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

विक सिरिजङ्गा गाउँपालिका–३ सिकैचास्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षिकाका रूपमा कार्यरत थिइन्।

मे १ ज ३२९६ नम्बरको बोलेरो गाडी फुङलिङबाट सिरिजङ्गा जाँदै गर्दा फावाखोला क्षेत्रको बनपाला भन्ने स्थानमा ब्रेक फेल भएर सडकबाट करिब सय मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी विकलाई उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।

गाडीका चालक ३३ वर्षीय सविन विष्ट घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया