गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधन


काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । क्यान्सर लागेर उपचार गराइरहेका गुरुङको शनिबार बिहान भरतपुर महानगरपालिका-२५  दिब्यनगरस्थित आफ्नै निवासमा निधन भएको हो ।

गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन् । उनी २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएका थिए । गुरुङको आइतबार अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएका छन्।

प्रतिक्रिया