सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु


राजविराज – सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।

४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग दुवै जनाको विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिए ।

प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया