
बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा
हेटौंडा — बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री बहादुरसिंह लामाको नेतृत्वमा रहेको सरकारमा सहभागी ती मन्त्रीहरूले आन्तरिक समन्वयस्वरूप राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्।
कांग्रेसको उच्च स्रोतका अनुसार मुख्यमन्त्री परिवर्तनको तयारीस्वरूप राजीनामा दिइएको हो। हाल प्रदेश सरकारमा कांग्रेसका तर्फबाट आठ जना मन्त्री थिए।
कांग्रेस नेतृत्वले मुख्यमन्त्री परिवर्तनका लागि नयाँ समीकरण बनाउन अन्तिम छलफल गरिरहेको जनाइएको छ। राजीनामापछि सरकारको भावी स्वरूपबारे नयाँ निर्णय हुने सम्भावना बढेको छ।



कागजपत्र |
