इरानको जेलमा रहेका ५ नेपाली सकुशल नेपाल फर्किए


काठमाडौं-  इरानको जेलमा थुनामा रहेका पाँच नेपाली नागरिक कूटनीतिक पहलपछि सुरक्षित रूपमा गएराति नेपाल फर्किएका छन्।

तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन को सहयोगमा थुनामुक्त भएका ती पाँच जनालाई इरानी अदालतले छोड्न आदेश दिएको थियो। त्यसपछि उनीहरूलाई गएराति काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

परराष्ट्र मन्त्रालयले इरान र भारत सरकारसँग समन्वय गरी ‘अपरेशन सिन्धु अन्तर्गत अन्य नेपालीहरुको पनि सुरक्षित उद्धारको व्यवस्था गरेको छ।

प्रतिक्रिया