
सल्यानमा हायस खस्याे, १५ जना घाइते
सल्यान- सल्यानको कुमाख गाउँपालिका–२ मा हायस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।
भे १ ख ३९९४ नम्बरको उक्त हायस नेपालगञ्जबाट कुमाख गाउँपालिकाको रागेचौरतर्फ जाँदै गर्दा बिहीबार अनियन्त्रित भई करिब ३० मिटर तल सडकबाट खसेको थियो।
दुर्घटनामा परेका १५ जना यात्रुमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरूको स्थानीयबासी र प्रहरीको सहयोगमा उद्धार गरी तत्काल उपचारका लागि नेपालगञ्ज र चौरजहारी पठाइएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
