भोलि प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। संसद सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

साथै सो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्तिसम्बन्धी पत्र सभामुखले वाचन गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियो भन्ने प्रस्ताव निर्णयार्थ पेश गरिनेछ। त्यसबाहेक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया