सुन प्रतितोला १८ सय रूपैयाँले बढ्यो, चाँदीमा ‘रेकर्ड ब्रेक’


काठमाडौं – मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउमा भने आज नयाँ रेकर्ड बनेको छ ।

चाँदी अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३२० रुपैयाँ मूल्य कायम भएको छ ।

यसअघि असार ३० गते २ हजार ३१५ रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।

 

प्रतिक्रिया