राष्ट्रपति भण्डारीद्वारा मेलम्चीको पानी वितरणको औपचारिक सुरुवात


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् ।

खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरणको औपचारिक शुरुवात गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

 

प्रतिक्रिया