पूर्वराजा शाहका संवाद सचिव डा. पाठक प्रहरी नियन्त्रणमा


काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार, पूर्वराजा शाहको सचिवालयले संविधानविपरीतका गतिविधि गरेको ठहरपछि पाठकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।

एसपी बोहराले भने, “पूर्वराजा शाहको सचिवालयमार्फत ‘श्री ५ महाराजधिराज’ जस्ता शब्दहरूको प्रयोग गरिएको छ, जुन नेपालको संविधानविपरीत मानिन्छ। सोही कारण उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हौं।”

पूर्वराजाका नाममा सचिवालयले सार्वजनिक गर्दै आएका सूचनाहरूमा ‘श्री ५ महाराजधिराज’ भन्ने शब्द निरन्तर प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया