
काठमाडौं महानगरपालिकाको बजेट आज
काठमाडौं – काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ।
मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीचको टकरावले गत गत पुसदेखि रोकिएको कार्यपालिका बैठक आज बस्न लागेको हो।
मेयरको निर्देशन अनुसार करिब ६ महिनापछि बजेट ल्याउन नगरसभा बोलाउने एजेन्डासहित कार्यपालिका बैठक बोलाइएको हो।
बैठक दिउँसो २ बजे बस्नेछ। त्यसअघि बिहान ११ मेयरसहित महानगरको बजेट स्रोत अनुमान समितिको बैठक पनि बस्ने छ।
काठमाडौंका मेयर बालेनले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदेऊ भनेर सिंहदरबारलाई गुहारेको करिब ६ महिनामा पनि पार नलागेपछि उनी पछि हटेका हुन्।
अब उनी आफैंले भ्रष्टाचारी आरोपित गरेको प्रमुख प्रशासकीय अधिकृतलाई नै स्वीकारेर कार्यपालिका बैठक र नगरसभा गर्न तयार भएका हुन्।
मेयर बालेनले काठमाडौं टावरको नक्सापासमा अनियमितता गरेको आरोप लगाउँदै गुरागाइँलाई हाजिर गर्न रोक लगाएका थिए। उनलाई सरुवा गरेर अर्को प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेका बालेनलाई संघीय सरकारले सहयोग गरेन।
उपमेयर, कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुको सहयोगमा चैत २१ मा गुरागाईँ महानगरमा हाजिर भएपछि मेयर बालन निकै रुष्ट बनेका थिए।



कागजपत्र |
