त्रिवि उपकुलपतिका लागि गुरुङ, केसी र अर्यालकाे नाम सिफारिस


काठमाडौं – त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुझाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको समितिले आइतबार निर्णय गर्दै प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको हो। मन्त्रालयका एक उच्च स्रोतले तीन जनाको नाम सिफारिस गरिएको पुष्टि गरेको छ।

अब प्रधानमन्त्री ओलीले सिफारिसमा परेकामध्ये एक जनालाई त्रिविको नयाँ उपकुलपतिमा नियुक्त गर्नेछन्।

निवर्तमान उपकुलपति केशरजंग बरालले चार वर्षे कार्यकाल पूरा नगरी १३ महिनामै चैत १५ गते राजीनामा दिएपछि त्रिविमा नयाँ नेतृत्वको खोजी सुरु भएको थियो। त्यसयता शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी यसपटक सिफारिसमा परेका उम्मेदवारमध्ये एक हुन्।

निवर्तमान उपकुलपति बरालको कार्यकाल प्रायः तालाबन्दी, आन्दोलन र विवादले घेरिएको थियो।

प्रतिक्रिया