मेरो कारणले महानगरको बजेट रोकिनु हुँदैनः गुरागाईँ


काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् सराेज ग।

आइतबार केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने–‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर साब (बालेन शाह) तथा उपमेयर (सुनिता डंगोल) र जनप्रतिनिधिको निर्णयहरूमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु ।’

तर, बजेटसँग काठमाडौं टावरको विषयलाई जोड्ने काम भएको भन्दै उनले त्यो जोड्नुपर्ने कारण नै नभएको जिकिर गरे ।

‘कसैले ‘तँ भ्रष्टाचारी हो’ भनेर भन्ने वितिक्कै ऊ भ्रष्टाचारी नहुने पनि उनको भनाई थियो । महानगरमा मेयर र प्रमुख प्रशासकीय अधिकृतबिचकै विवादका कारण बजेटमा ढिलाइ भइरहेका बेला गुरागाईंले यस्तो बताएका हुन् ।

प्रश्नमाथि प्रश्न गर्र्दै उनले भने–‘मेयरको सचिवालयको हवला दिदैँ मलाई आरोप लगाउने कुरा कसरी ठीक हुन्छ ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि ? आधिकारिक निकाय हुन्छ होला । उस्ले मेरो बारेमा छानविन गरिरहेको होला नि ?’

उनले काठमाडौं टावरका सन्दर्भमा निर्णय भैसकेको विषयमा प्रमाणपत्र मात्रै दिएको दोहोर्याउँदै आफूमाथि लगाइएका आरोपको खण्डन विगतमा पनि समाचारहरुबाटै भैसकेको बताए ।

उनले भने–‘मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो । मैले नक्शा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु । सम्वन्धित निकायले मेरो कमजोरी देखायो, नियम, कानून र प्रक्रियामा दोषि प्रमाणित गर्यो भने म कारबाही भोग्न तयार छु, तर अहिले जुन ढंगबाट लाल्छना लगाउने काम भएको छ त्यो गलत छ ।’

प्रतिक्रिया