
भारतबाट ७ बालकको उद्धार
जनकपुर – भारतबाट सात बालकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।
जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको हो ।
तीन महिना अघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेसन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाएको थियो । उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर उद्धार गरी शुक्रबार नेपाल ल्याइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए।
भारतबाट उद्धार गरेर ल्याइएका बालकहरूमा सर्लाहीका तीन तथा महोत्तरीका चारजना छन्। उनीहरू कामको खोजीका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालय धनुषाकी प्रहरी निरीक्षक निकिता मिश्रले बताइन्।



कागजपत्र |
