
एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेल जित्न नेपालले पायो ११४ रनको लक्ष्य
काठमाडौं – एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेल जित्न नेपालले सामान्य लक्ष्य पाएको छ । सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०।५ ओभरमा ११३ रनमा अलआउट भयो ।
सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।
नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।



कागजपत्र |
