


निषेधाज्ञाविरुद्ध सिंहदरबार दक्षिण गेटमै प्रदर्शन, ४ जना पक्राउ

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जारी गरेको निषेधाज्ञाविरुद्ध राजसंस्थाप्रति समर्थन जनाउने युवाहरूले बिहीबार सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेका छन्।
प्रदर्शनमा संलग्न युवाहरूमा सन्देश शाही, पारस शाही, पवन मल्ल र किशोर ठकुरी रहेका छन्। उनीहरूले ब्यानरसहित प्रदर्शन गर्दै निषेधाज्ञाको विरोध जनाएका थिए।
प्रदर्शनका क्रममा उनीहरूले “नेपालीलाई नेपालमै निषेध गर्न पाइँदैन” र “गिरिबन्धुमा ओली कहिले पक्राउ पर्छ?” जस्ता नाराहरू लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।
घटनापछि प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको छ। प्रदर्शन शान्तिपूर्ण भए पनि निषेधाज्ञा उल्लंघनको कारण देखाउँदै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

