७.९४ अंकले घट्यो नेप्से


काठमाडौं- सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७.९४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ६९.५१ बिन्दुमा ओर्लेर बन्द भएको छ ।

गत मंगलबार ४९ अंक बढेर बन्द भएको नेप्सेले बुधबार घटेको हो । सो दिन कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य बढ्यो भने १५३ वटाको घट्यो र एउटाको स्थिर रह्यो ।

८८ हजार १ सय २१ पटकको सेयर कारोबारमा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने बढेको हो । गत मंगलबार सेयर बजारमा ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक र सामूहिक लगानी कोषको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया