

नेपाली महिला टिम ग्लोबल क्वालिफायरमा छनोट

काठमाडौं — नेपाली ग्लोबल छनोटमा पुगेको छ ।
महिला टी–२० विश्वकपको एसिया छनोटको सुपर–३ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै ग्लोबलका लागि पुगेको हो ।
नेपालले युएई दिएको ११५ रनको लक्ष्य दिएको १९.३ ओभरमा पूरा गर्दै छनोट भएको हो ।
नेपालका लागि इन्दु बर्मा र रूविना क्षेत्रीले उत्कृष्ट खेल खेल्दै जित दिलाए ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको हो ।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।
नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।
नेपालले अब सुपर-३ को दोस्रो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पनि युएईलाई हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ ।

