खनाल-नेपाल समूहको अनेरास्ववियुले पारित गर्‍यो १९ बुँदे प्रस्ताव


काठमाडौं- नेकपा एमालेको खनाल-नेपाल समूहको विद्यार्थी संगठनले १९ बुँदे प्रस्ताव पारित गरेको छ ।

सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागु गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो ।

त्यसैगरी मन्टेश्वरीहरुको असुली बन्द गर्न, चीनबाट एमबीबीएस गरेर फर्किएकाहरुलाई इन्टर्नशिपको व्यवस्था गर्न, विद्यार्थी सहुलितको कार्यान्वयन गर्न पनि माग गरेको छ ।

वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भिम रावललाई कथित कारवाही निर्णयको भत्सर्ना गरेको छ । गत चैत्र १० गते सम्पन्न अनेरास्ववियुको राष्ट्रिय भेलाले पारित गरेको प्रस्ताव आज सार्वजनिक गरिएको हो ।

 

 

प्रतिक्रिया