त्रियुगा नदीको बाढीले बगायो बस


उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्‍याएर फर्किएको बस बगाएको छ ।

सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नं. को बराहक्षेत्र नामक यात्रुवाहक त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो ।

इलाका प्रहरी कार्यालय सिवाईले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताएको छ । प्रहरीका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् ।

नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ ।

न्‍यू प्रतिसारा यातायातद्वारा सञ्चालक उक्त यात्रुवाहक बस धरान-बेल्टार रुटमा चल्ने गरेको थियो ।

प्रतिक्रिया