

शिक्षक आन्दोलनमा ६५ जना घाइते

काठमाडौं- काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडकखण्डमा जारी शिक्षक आन्दोलन आज झडपमा परिणत भएको छ । जसका कारण ६५ जना घाइते भएका छन्।
शिक्षकहरूले निषेधित क्षेत्रतर्फ अघि बढ्ने प्रयास गर्दा नेपाल प्रहरीले हस्तक्षेप गरेकाे थियाे । साेही क्रममा दुवै पक्ष बीचमा झडप भएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आन्दोलनमा ६५ जना शिक्षक घाइते भएको जानकारी दिए । उनले भने, ‘घाइते शिक्षकहरूको उपचार चलिरहेको छ ।’
घाइतेहरूको उपचार एभरेष्ट अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ ।

