

गभर्नर सिफारिस समितिबाट भट्टराईको राजीनामा

काठमाडाैं- नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य तथा पूर्वगभर्नर विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएका छन् । ११ चैत २०८१ मा गठित समितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक र पूर्वयोजना आयोग उपाध्यक्ष विश्वनाथ पौडेल सदस्य रहेका छन् ।
भट्टराईले राजीनामा दिए पनि कारण सार्वजनिक गरिएको छैन । समितिको बैठक अहिलेसम्म एकपटक पनि बसेको छैन।
राष्ट्र बैंक ऐनअनुसार गभर्नर पदमा नियुक्तिका लागि व्यक्ति आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा कानुनी क्षेत्रमा अनुभवसहितको र कुनै राजनीतिक दलको पदाधिकारी नभएको हुनुपर्छ । तर विगतमा सत्तारुढ दलकै भागबण्डामा गभर्नर नियुक्त हुँदै आएकोले आलोचना हुँदै आएको छ ।

