

विश्वमा एकैदिन थपिए ५ लाख ४५ हजार बढी संक्रमित, ७ हजार बढीको मृत्यु

काठमाडौं – विश्वमा एकैदिन ५ लाख ४५ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।
यससँगै विश्वमा हालसम्म संक्रमितको संख्या ४ करोड ५३ लाख १२ हजार ७ सय ६० जना पुगेका छन् भने एकैदिन ७ हजार १ सय ६७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट जयान गुमाउनेको संख्या ११ लाख ८५ हजार ७ सय ३३ पुगेको छ ।
अमेरिकामा एकै दिन ९१ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा पछिल्लो २४ घन्टामा ९१ हजार ३ सय ३० जना संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमितको संख्या ९२ लाख १२ हजार ५ सय ६७ पुगेको छ ।
अमेरिकामा विश्वमै सबैभन्दा संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा १ हजार ४७ जनाको मृत्यु भएसँगै हालसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार १ सय ७७ पुगेको छ ।

