पतिको टुक्रा-टुक्रा गरेर सिमेन्टले पुरिन्, त्यसपछि प्रेमीसँग शिमलामा माेजमस्ती


काठमाडाैं- भारतकाे मेरठमा विवाहित मुस्कानले आफ्ना प्रेमी साहिलसँग मिलेर श्रीमान् सौरभ राजपूतलाई मारेकाे घटनाले सबैलाई चकित बनाएको छ ।

हत्यापछि, दुवैले सौरभको शव टुक्रा-टुक्रा गरि ड्रममा राखेर सिमेन्टले पुरेका थिए । त्यसपछि धोखेबाज श्रीमतीले शिमलामा गएर प्रेमीसँग रमाइलो गरिन् ।  फर्केपछि, श्रीमतीले आफ्नो श्रीमानको हत्याको बारेमा परिवारलाई जानकारी दिइन् ।

अहिले पुलिसले पत्नी र प्रेमीलाई पक्राउ गरेको छ । यस घटनामा सौरभकी दिदीको प्रतिक्रिया पनि  सार्वजनिक भएको छ । उनले मुस्कानको बारेमा भनेकी थिइन् कि उनी पहिले पनि घरबाट भागिसकेकी थिइन् ।

Saurabh Rajpur sister said Muskaan had run away with a boy once before

मृतक सौरभ राजपूतकी दिदी चिंकीले भनिन्, “सौरभ मेरो सानो भाइ थियो । हिजो साँझ मेरी आमाको फोन आयो सौरभको हत्या गरिएको भनेर । मेरी आमाले मलाई प्रहरी चौकी आउन भनिन् ।” सौरभकी दिदीले थप भनिन्, “मुस्कानको केहि प्रेम सम्बन्ध थियो र उनी एकपटक पहिले पनि घरबाट भागिसकेकी थिइन् र पाँच दिनसम्म बेपत्ता रहेकी थिइन् । उनी पाँच दिनसम्म एक केटासँग थिइन्।”

साहिल र मुस्कान स्न्यापच्याटटमा गर्थे एकअर्कासँग कुराकानी 

जाँचमा यो कुरा पनि खुलेको छ कि स्न्यापच्याटमा साहिल र मुस्कान आपसमा कुरा गर्थे । स्न्यापच्याटमा मुस्कानले थुप्रै फर्जी आईडी बनाएका थिइन् । उनले सौरभको हत्या गर्नका लागि फर्जी आईडीबाट साहिललाई म्यासेज पठाउने गर्थिन् । मुस्कान साहिललाई यसरी भन्थिन् , “तिमी यदि सौरभको हत्या गरिहाल्यौ भने तिम्राे आमाकाे आत्मा शान्त हुनेछ ।” साहिलकी आमा ज्योतिको करिब १७ वर्ष पहिले मृत्यु भएको थियो ।

यसरी बन्याे हत्याकाे याेजना

आरोपितहरूले २०२४ को नोभेम्बर महिनामा सौरभलाई मार्रने योजना बनाएकाे प्रहरीसामू स्वीकार गरेका छन् । उनीहरू सौरभलाई बाटोबाट हटाएर एकसाथ बस्न चाहन्थे । त्यसको लागि, उनीहरूले नोभेम्बर महिनामा गाउँ-गाउँमा  जनावर मरेपछि त्यसलाई कहाँ गाडिन्छ भनेर खाेजबिन गरेका थिए ।

अनुसन्धानबाट मुस्कान र उसका प्रेमी साहिल शुक्लाले पूरा योजना बनाएर यो घटना घटनाएकाे खुलेकाे छ । हत्यापछि, साहिलले २४ घण्टासम्म सौरभको टाउको र हातलाई आफ्नै घरको आफ्नै कोठामा राखेर सुतेका थिए । त्यस्तै, सौरभको टाउकाे मुस्कानको कोठामा बेडको बक्समा राखिएको थियो र मुस्कान त्यही बेडमा सुतिरहेकी थिइन् ।

साैरभलाई निद्राको औषधि दिएर गरियो हत्या

२२ फरवरी २०२५ मा मुस्कानले शारदा रोडस्थित एक डाक्टरकहाँ गएर  डिप्रेशनको उपचारको लागि निन्द्राका औषधिहरूको पर्चा लिइन् । त्यसपछि, उनले गूगलमा सर्च गरेर निन्द्रा र नशाका गोलीहरूको केही साल्ट पनि हेरिन् । यी गोलीहरू उनले डाक्टरको पर्चीमा आफैं लेखेर प्राप्त गरिन्। त्यसपछि, मुस्कान र उसका प्रेमी खैरनगर गए र निन्द्रा र नशाका औषधि किने । त्यसपछि दुवैले शारदा रोडबाट ८०० रुपैयाँको दुईवटा मासु काट्ने छुरा, ३०० रुपैयाँमा उस्तरा किने ।

Meerut Murder News Update Saurabh post mortem report reveals legs of dead body were bent backwards

३ मार्चको दिन, सौरभ आफ्नो आमा रेणुको घरबाट लौकीको तरकारी लिएर आएका थिए । उनले तरकारी तातो गर्नको लागि मुस्कानलाई दिए । मुस्कानले तरकारीमा निन्द्रा र अन्य नशाका औषधिहरू मिलाएर दिइन् ।  त्यसपछि सौरभ निदाएका थिए ।

सौरभको सुत्नेपछि मुस्कानले आफ्नो प्रेमी साहिललाई फोन गरेर घर बोलाइन् । त्यसपछि दुवै मिलेर चक्कु प्रहार गरेर सौरभको हत्या गरे । त्यसपछि, शवलाई बाथरुममा लगेर उस्तराले पहिले उनकाे घाँटी काटियाे । त्यसपछि, हात । दुवैको योजना शवलाई टुक्रा-टुक्रा गरेर झोलामा भरेर विभिन्न स्थानमा फ्याँक्ने थियो ।

Saurabh Rajpur sister said Muskaan had run away with a boy once before

सौरभको काटिएकाे टाउको र हात साहिलले अर्को झोलामा राखेर आफ्नो घर लगेका थिए । ४ मार्चमा, उनले ती टुक्राहरूलाई आफ्नो घरको कोठामा राखे, तर उनीहरूलाई कुनै स्थानमा गाड्न सकेनन् । २४ घण्टासम्म, सौरभको टाउको र हात साहिलको घरमा राखिएका थियाे । ५ मार्चमा, उनले घण्टाघरबाट ड्रम किनेर झोलामा राखिएका सौरभको शरिरलाई त्यसमा हालिदिए । केही समयपछि, साहिलले टाउको र हात ल्याएर ड्रममा राखे । त्यसपछि, माथिबाट सिमेन्ट र डस्टको घोल हालेर ड्रमलाई शील गरिदिए ।

मुस्कानकी आमाले भनिन्, ‘हाम्रो छोरी नै बदतमिज थिइन्’

मुस्कानकी आमाले सौरभ लन्डन गएकाबेलादेखि मुस्कान भाडामा बस्दै आएको बताइन् । ‘विवाह भएपछि, उनीहरू सधैं अलग-अलग बस्दै थिए । मुस्कानको ससुरालीमा पनि राम्रोसँग मिलेन ।  मलाई यो थाहा छ कि सौरभ छाेरीलाई अन्धो माया गर्थे। केटी नै हाम्रो बदतमिज थिइन्’ उनले भनिन् ।

मुस्कानका पिताले छाेरीलाई फाँसी दिनु पर्ने माग गरेका छन् । उनले भने, “उनीलाई फाँसी दिनुपर्छ । मुस्कानले जीवित रहनुको हक गुमाइसकेकी छ । यस्तो मान्छेले जीवित रहने हक पाउन सक्दैन।”

सौरभ-मुस्कानकी पाँच वर्षीया छोरी पीहू घटनाको दिनदेखि आफ्नी हजुरआमा कविता रस्तोगीको घरमा छिन् । सौरभको हत्या र मुस्कान जेल गएपछि पीहू बारम्बार आमाबुवालाई याद गर्दै छिन् । पीहूले आफ्नी हजुरआमालाई भनेकी छिन्, ‘मलाई मम्मी र बुवासँग भेट्न जानु छ।’

 

 

 

 

 

प्रतिक्रिया