विमानस्थलबाट सिधै जिल्ला सरकारी वकिलको कार्यालयमा रवि लामिछाने, बयान सुरू


बुटवल — सहकारी ठगीको विषयमा पोखराबाट अनुसन्धानका लागि रुपन्देही ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको छ ।

बुद्ध एयरको विमानबाट १२ः२० मा भैरहवा विमानस्थलमा अवतरण भएसँगै लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको हो ।

कार्यालय पुर्याएसँगै लामिछानेको बयान सुरू गरिएको छ ।

लामिछानेलाई रुपन्देही ल्याइने भएसँगै भैरहवामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रुपन्देहीमा यतिबेला रास्वपा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् भने सहकारी पीडितहरुले पनि प्रदर्शनको तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया