आफन्तको घरमा लुकेर बसेका मनाङेलाई पक्राउपछि लगियो सिआईबी कार्यालय
काठमाडौं — गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ उर्फ दीपक मनाङेलाई पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा लगिएको छ ।
उनलाई सीआईबीले काठमाडौंको सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट मंगलबार बिहान पक्राउ गरेको हो ।
उनी एक आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेकाे जनाइएको छ । कार्तिक २० मा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालतले गरेको फैसला सदर गर्दै ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
फैसलापछि उनी सम्पर्कविहीन भएका थिए ।