पूर्वमन्त्री दीपक मनाङे पक्राउ


काठमाडौं – गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे भनिने राजीव गुरुङ पक्राउ परेका छन् ।

उनलाई राजधानीको सानोभर्‍याङबाट प्रहरीले पक्राउ गरेको हो ।

गुरूङलाई सर्वोच्च अदालतले चक्रे मिलनको ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

फैसला पछि लामा फरार अवस्थामा रहेका थिए । उनले यसअघि फरार अवस्थाबाटै सर्वोच्चको पूर्ण पाठ आएपछि आफैं अदालतमा उपस्थित हुने जनाउँदै विज्ञप्ति जारी समेत गरेका थिए ।

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

प्रतिक्रिया