आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती


काठमाडौं – २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

गणेशमान सिंह प्रतिष्ठानले रत्नपार्कस्थित शान्तिवाटिकामा कार्यक्रम गर्नेछ। फाउण्डेसनले जिल्ला-जिल्लामा पनि कार्यक्रम गर्न लागेको छ। भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता प्रा. कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ। शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्यार्पपणसहित विशेष कार्यक्रम गर्न लागिएको छ।

नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो।

प्रतिक्रिया