नारायणघाट– मुग्लिन सडकमा बस र माइक्रो ठोक्किँदा मृत्यु भएका पाँचै जनाको सनाखत


चितवन-  नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।

शुक्रबार बिहान  नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६-००१ज ०२९८ नम्बरको माइक्रो र मुग्लिङ जाँदै गरेको बा प्र ०३-००१ ख २८१२ नम्बरको बस ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोमा सवार गोरखाको आरूघाट गाउँपालिका-५ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राजबहादुर गुरूङ, माइक्रो चालक चितवनको खैरहनी नगरपालिका-४ का ३९ वर्षीय अनोज अधिकारी छन्।

माइक्रोमा सवार भारत घर भई हाल कास्कीको पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय राजकुमार साह, नवलपरासीको विनयत्रिबेणी गा.पा.४ बगैंचा बस्ने बर्ष ३५ को सन्तोष भुसाल र ३३ वर्षीया सबिना भुसालको पनि मृत्यु भएको छ।

माइक्रोमा सवार एकजनाको अवस्था गम्भीर रहेको छ । बस चालक  प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया