अमेरिका राष्ट्रपति निर्वाचनः ट्रम्प जित नजिक, गरे सम्बोधनको तयारी
काठमाडौं — अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जीतनजिक पुगेका छन् ।
प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियमा जीत हासिल गरेसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । सिएनएनका अनुसार उनले हालसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ ।
फक्सन्युजले ट्रम्पको जीत निश्चित भएको घोषणा गरिसकेको छ । उनले कम्तीमा २७७ इलेक्टोरल मत ल्याउने निश्चित भएको प्रक्षेपण गरेको छ । ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्ने तयारी भइरहेको छ ।
त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १८८ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।